आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारआयुर्वेदिक अस्पताल बनाउन भूमिका खेल्छु : नवनियुक्त अध्यक्ष बस्नेत 

आयुर्वेदिक अस्पताल बनाउन भूमिका खेल्छु : नवनियुक्त अध्यक्ष बस्नेत 

by herdaherdaimedia
0 comments 7 views

 दोलखा।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय व्यवस्थापन समिति दोलखाको अध्यक्ष पदको एक समारोकाहबीच राजन बस्नेतले पदभार ग्रहण गरेका छन्। सोमबार पदभार ग्रहण गर्दै बस्नेतले दोलखा जिल्लामा जनतलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्नका लागि १६ सैयाको  आयुर्वेदिक अस्पताल निर्माण गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

उनी भन्छन – दोलखाका ७४ वटै जनतासँग आयुर्वेदिक कार्यक्रम राखी आयुर्वेदिक तथा चिकित्सालयले गर्ने हरेक उपचारहरूको बारेमा जानकारी दिई आयुर्वेदिक अस्पतालप्रति जनताको आकर्षण पढाउन आफू निरन्तर रुपमा लागि परिरहनेछु ।

डाक्टर मनोज चौधरीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामा, नेपाल कम्युनिष्ट पार्टी एमालेका पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठ , नगरपालिकाकी उपमेयर कमला बस्नेत, दोलखा जिल्लाका निमित्त साहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आले, सुधार तथा समस्या समाधान आयोगका अध्यक्ष राकेश श्रेष्ठ, डिभिजन वन कार्यालय दोलखाका प्रमुख कृष्णराज न्यौपाने, नेपाल तरुण दलका केन्द्रीय सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष भीम खड्का , आवाज नेपाल दोलखाकी अध्यक्ष एवं महिला अधिकारकर्मी सिर्जना कार्की, नेपाल विद्यार्थी सङ्घ दोलखाका विद्यार्थी नेता विष्णु शिवाकोटी, उज्यालो भविष्य दोलखाका सचिव सिर्जना श्रेष्ठ, सदस्य प्रकाश बस्नेत, सुशीला श्रेष्ठ,पत्रकार महासङ्घ दोलखाका सचिव सुजन काफ्ले, जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्टराई लागायतको उपस्थिति रहेको थियो।

गत फाल्गुन ११ गते बागमती प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय बैठकले भिमेश्वर नगरपालिका -७ घर भएका बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment