आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारइलाम -२ उपनिर्वाचन मतगणना: कांग्रेसको अग्रता कायमै

इलाम -२ उपनिर्वाचन मतगणना: कांग्रेसको अग्रता कायमै

by herdaherdaimedia
0 comments 6 views

काठमाण्डाै – इलाम-२ मा भएको प्रतिनिधि सभा सदस्य उपचुनावमा दुई वटा वडाकाे मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले अग्रता कायमै राखेकाे छ ।

फाकफोकथुम गाउँपालिका–१ र २ को २ हजार ८ सय ३६ मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १ हजार १ सय ४५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ सय ११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ सय ९ मत प्राप्त गर्नुभएको छ ।

हिजाे शनिवार भएको उपचुनावमा ६९ हजार २ सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । यस क्षेत्रमा १ लाख १५ हजार ८ सय ८९ जना मतदाता थिए । उपचुनावमा १२ वटा राजनीतिक दलका र सात जना स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment