उपेन्द्र अधिकारीमाथी आक्रमण गर्नेलाई कारबाही गर्न दोलखा माओवादीको माग

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले तामाकोशी गाउँपालिकाका इन्चार्ज उपेन्द्र अधिकारीमाथी आक्रमण भएको घटनाका दोषीलाई कारबाहीको माग गरेको छ । घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै माओवादीले छानविन गरि दोषीलाई कानुनी दायरमा ल्याउन माग गरेको हो ।

शनिबर वडा नं.२ झुलेको वडा सम्मेलन सकेर घर फर्कने क्रममा वडा नं. ४ स्थित मालु डाँडागाउँमा गोपाल तिमिल्सिना, हरि योगी, सुमन मिजार(वयल कोटि) लगायतको समुहले अधिकारीमाथी आक्रमण गरेको थियो । उक्त आक्रमणमा अधिकारीसँगै नेकपा माओवादी केन्द्र नेता सुमन मिजार समेत घाइते भएका छन् । उनीहरु अहिले उपचाररत छन् ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता