एकीकृत अखिल नेपाल शिक्षक संगठन महिला विभाग दोलखाको हरितालिका तीज विशेष दरखाने कार्यक्रम सम्पन्न

दोलखा, चरिकोट ( भदौं ) — एकीकृत अखिल नेपाल शिक्षक संगठन, जिल्ला समन्वय समिति महिला विभाग दोलखाले शनिबार सदरमुकाम चरिकोटस्थित होटल एम्ब्रोसियाको हलमा भव्य रूपमा हरितालिका तीज विशेष दरखाने कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा तीज पर्वको सांस्कृतिक र सामाजिक महत्वलाई उजागर गर्दै गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, नेकपा माओवादी केन्द्र बागमती प्रदेश समिति सदस्य रिता रिमाल, नेकपा माओवादी केन्द्र दोलखाका सचिव भीमबहादुर श्रेष्ठ ‘अविरल’, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष दीपशंकर चौलागाईं, संगठनका अध्यक्ष सन्तोष श्रेष्ठ, नेकपा माओवादी केन्द्र महिला संगठन ( अखिल नेपाल महिला संघ ) दोलखाकी अध्यक्ष अप्सरा चौलागाईं लगायतले शुभकामना मन्तव्य दिएका थिए। उनीहरूले तीज पर्वलाई सामाजिक एकता, संस्कृतिको संरक्षण र आत्म-अभिव्यक्तिको पर्वको रूपमा मनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा विभिन्न पालिकाका महिला विभागहरूले आ-आफ्नो सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।

शनिबार आयोजित कार्यक्रममा पार्टी नेता, पत्रकार, र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

Related posts

नेकपा एकीकृत समाजवादीको चौथो स्थापना दिवस चरिकोटमा मनाइयो

प्रचण्ड र विप्लवबीच हरिसिद्धिमा भेटवार्ता

दोलखामा शैलुङ गाउँपालिका उत्कृष्ट