एकैदिन माओवादी केन्द्र गौरीशंकर गाउँपालिकाको  ४ वटा वडाको वडा सम्मेलन सम्पन्न 

राजकुमार भुजेल,दोलखा।

नेकपा माओवादी केन्द्र गौरीशंकर गाउँपालिका भित्रका ४ वटा वडामा वडा सम्मेलन सम्पन्न भएको छ।

शनिबार पालिकामा एकैदिन बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । गाउँपालिकाको वडा नम्बर १ जुगुँको अध्यक्षमा भरत खडका निर्वाचित भएको नेकपा माओवादी दोलखाका प्रवक्ता पुष्कर कुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार २ नम्बर वडा कमिटीको अध्यक्षमा वसन्त कार्की  निर्वाचित भएका छन भने ५ सुरीमा दिनेस गुरुङ निर्वाचित भएका छन्।

त्यस्तै ७ मार्बुमा पासाङ शेर्पा निर्वाचित भएको नेकपा माओवादी केन्द्र दोलखाले जनाएको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता