काठमाडौं । मकवानपुर जिल्लाबाट एकैपटकमा ६० जना भन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। विभिन्न राजनीतिक दलमा आबद्ध रहेका नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका हुन् ।
आइतबार पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल परित्याग गरी प्रवेश गरेका थिए।सो अबसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहेको बताए ।
त्यस्तै माओवादी केन्द्रका युवा नेता जगदिश दाहालले प्रचण्ड सरकार इतिहासकै सबैभन्दा सफल सरकार भएको र प्रचण्ड सुशासनका नायक भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको बताए।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!