एपेक्स स्कुलद्वारा आयोजित समावेशी टेबल टेनिस प्रतियोगिता सम्पन्न

अबिरल बस्नेत ` सुरज´

दोलखा । सदरमुकाम चरिकोटमा रहेको एपेक्स स्कुलले एपेक्स समावेशी टेबल टेनिस प्रतियोगिता सम्पन्न गरेको छ ।

भीमेश्वर नगरपालिकाको कबड हलमा आयोजित प्रतियोगिता सबल र फरक क्षमता भएका बालबालिकाबीच भएको थियो । शनिबार भएको प्रतियोगितामा छात्रातर्फ एसओएसकी पुजा सोती प्रथम, अनु थापा द्वितिय र एपेक्सकी शितल उप्रेती तृतीय भएकी छन् । त्यसैगरी छात्रतर्फ एसओएसका पुकार राई प्रथम , शिव थापा द्वितिय र प्रेम तामाङ तृतीय भएका छन् ।

प्रतियोगिताको संयोजन एपेक्स स्कुलको यो साताका छायाँ पिन्सिपल राम्रचन्द्र थापाले गरेका थिए । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभा सदस्य भरत केसीले गरेका थिए ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता