एपेक्स स्कुलमा ट्राफिक सचेतना कार्यक्रम

राजकुमार भुजेल,दोलखा।

सदरमुकाम चरिकोटस्थित एपेक्स स्कुलमा ट्राफिक नियम पालनासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले अभियानका क्रममा स्कुलले यो कार्यक्रम आयोजना गरेको हो ।उक्त कार्यक्रममा स्कुलको कक्षा १ देखी ८ का करिब २५२ जना विद्यार्थी तथा शिक्षकहरू सहभागी थिए । कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय प्रमुख ठाकुर प्रसाद भट्टराईले सचेतना प्रशिक्षण कक्षा सञ्चालन गरेका थिए । सचेतना कक्षामा लापरवाहीका कारण सडक दुर्घटना हुने र मानवीय क्षती समेत हुन सक्ने जोखिम हुने भएकाले अनिवार्य रुपमा लाइसेन्स प्राप्त गरेर मात्र सवारीसाधन चलाउने, सडक पार गर्दा होस वा पैदल यात्राका क्रममा आफ्नो साइडमा हिड्ने, र जहाँ पायो त्यहीबाट सडक पार नगर्नेलगायतका बारेमा विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता