आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home Bannerएपेक्स स्कुल चारिकोटमा ‘Money Magnet’ कार्यक्रम सम्पन्न

एपेक्स स्कुल चारिकोटमा ‘Money Magnet’ कार्यक्रम सम्पन्न

by herdaherdaimedia
0 comments 86 views

दोलखा, भदौं ४ — आर्थिक साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले एपेक्स स्कुल, चारिकोटले मंगलबार ‘Money Magnet’ नामक विशेष शिक्षामूलक कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयकी Shadow Principal दिपा थामीको नेतृत्वमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीलाई पैसासँग सम्बन्धित आधारभूत ज्ञान र व्यवहारिक शिक्षा प्रदान गरिएको हो।

कार्यक्रम अन्तर्गत नेपाली मुद्रा चिनाउने, खर्च र बचत गर्ने तरिका, पैसाको सही उपयोग लगायतका विषयमा रमाइलो शैलीमा सिकाइ गराइएको थियो। सहभागी विद्यार्थीहरूलाई बिना अनुमति ठूलो नोट ननिकाल्ने र पैसा बैंकमा जम्मा गर्ने बानी बसाल्न प्रेरणा दिइएको थियो।

Shadow Principal थामीले भनिन्, “सानै उमेरदेखि आर्थिक व्यवहार सिकाउनु अत्यावश्यक छ, जसले बालबालिकालाई जिम्मेवार नागरिक बन्न सहयोग गर्छ।”

विद्यालयका अनुसार, गतिविधिमूलक सिकाइ पद्धतिका कारण विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रमले बालबालिकामा आर्थिक सचेतना जगाउनुका साथै जिम्मेवार र व्यवहारिक सोच विकास गर्न मद्दत पुर्‍याएको विद्यालयको भनाइ छ।

एपेक्स स्कुलले यस्ता सिकाइ–मुखी र व्यवहारिक शिक्षालाई प्रोत्साहन गर्ने कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment