काठमाडौं ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङद्वारा नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिट ‘हेर्न नमिल्ने’मा परेको छ। बिहीबार न्यायाधीश डा. नहकुल सुवेदीको इजलासमा पेश गरिएको यस रिटमा केही समय छलफल भए पनि अन्ततः ‘हेर्न नमिल्ने’मा राखिएको हो।
अब यस मुद्दाको अर्को सुनुवाई आइतबार हुनेछ। यस रिटलाई अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतले बुधबार सर्वोच्च अदालतमा दर्ता गराएका थिए। उनले यसमा गुरुङ र एमाले पार्टी कार्यालयलाई विपक्षीको रूपमा राखेका छन्। अधिवक्ताले रिटमा उल्लेख गरेका छन्, -‘ भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत रुपमा स्वामित्वमा लिने व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानूनी रुपमा अस्वीकृत छ।’
गुरुङले गत असोज २५ गते काठमाडौंको कीर्तिपुर-२, मैत्रीनगरमा नेकपा एमालेलाई १० रोपनी १४ आना जग्गा दान गर्ने घोषणा गरेका थिए। यस अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्याससमेत गरेका थिए।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!