दोलखा। नेकपा एमाले गौरीशंकर गाउँपालीका कमिटीले जिल्ला कमिटी दोलखाको दशौँ जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएको छ ।मङ्गलबार पालिकाले आफ्नो भुगोलबाट दशौं जिल्ला अधिवेशनमा निर्वाचित हुने प्रतिनिधिलाई बधाई तथा शुभकामना दिएको हो।
नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं पुर्व मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो । अधिबेशनबाट निर्वाचित अध्यक्ष नर बहादुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर ,सचिव सोयब बहादुर खड्का र उप-सचिव महिला तर्फ कमला बस्नेत, पुरुष तर्फ हरि ओली लगायत सिङ्गो जिल्ला कमिटीलाई बधाई तथा शुभकामना दिएको गाउँपालिका कमिटीका सचिव देवराज बुढाथोकीले बताए।
पालिकाबाट पुर्व जिल्ला कमिटीमा निर्वाचित भएका कमिटीलाई समेत जनताको पक्षमा उत्कृष्ट काम गरेको भन्दै सम्मान तथा प्रमाणपत्र वितरण गरेको थियो। त्यस्तै गाउँपालिका कमिटीका अध्यक्ष जङ्ग गुरुङको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा एमालेको पोलिट्ब्युरो सदस्य एवं पुर्व मन्त्री पार्वत गुरुङ, बागमती प्रदेशका सदस्य भरत के.सि, पुर्व जिसस प्रमुख डबल पाण्डे लगाएत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!