एमाले दोलखाको दशौँ जिल्ला अधिवेशन सर्यो

दोलखा । नेकपा (एमाले )दोलखाको दशौँ जिल्ला अधिवेशन सरेको छ । एमाले दोलखाले अधिवेशन यहि माघ महिनाको १९ देखी २१ गते सदरमुकाम चरिकोटमा सम्मपन्न गर्ने भनेर तयारी थालेपनि अधिवेशन ३ दिन पछि सरेको हो।

एमाले दोलखाका जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठले आइतबार एक सुचना जारि गर्दै उक्त दिन धादिङ जिल्ला सँग मिति जुधेका कारण दोलखाको अधिवेशन ३ दिन पछि अर्थात २२ गते देखि २४ गते सम्म हुने जानकारी दिएका हुन्।

त्यस्तै जिल्लाका ९ वटै पालिकाका ७४ वटा वडामा नै प्रतिनिधि छनौटको काम जारी रहेको एमाले दोलखाले जनाएको छ । 

 

 

 

 

Related posts

नेकपा एकीकृत समाजवादीको चौथो स्थापना दिवस चरिकोटमा मनाइयो

प्रचण्ड र विप्लवबीच हरिसिद्धिमा भेटवार्ता

माओवादी समर्थित फुर् गेल्जे शेर्पा नेपाल पर्वतारोहण संघको अध्यक्षमा विजयी