आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home Bannerएमाले नेता पार्वत गुरुङको अराजक अभिव्यक्ति: ‘हत्याको बदला लिन जरुरी छ’

एमाले नेता पार्वत गुरुङको अराजक अभिव्यक्ति: ‘हत्याको बदला लिन जरुरी छ’

by herdaherdaimedia
0 comments 4 views

अबिरल बस्नेत ` सुरज´

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व सञ्चार मन्त्री पार्वत गुरुङले आसन्न उपनिर्वाचनको मुखमा माओवादी केन्द्रलाई लक्षित गर्दै अराजक अभिव्यक्ति दिएका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनका क्रममा माओवादीले कुलबहादुर तामाङको हत्या र दिलबहादुर खत्रीलाई  अपाङ्ग बनाएको आरोप लगाउँदै उनले हत्याको बदला लिने हिंशात्मक अभिब्यक्ति दिएका हुन् ।

काठमाडौंमा शुक्रबार आयोजित एमाले गौरीशंकर–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै नेता गुरुङले माओवादीलाई हत्या, हिंसा, र कमिसनमा रमाउने पार्टी भन्दै गम्भीर आरोप लगाएका छन् ।

एमाले नेता गुरुङको उक्त उन्मादपूर्ण अभिव्यक्तिप्रति दोलखाका माओवादी नेताहरूले गम्भीर खेद प्रकट गरेका छन्। यस्तो प्रकारका हिंसात्मक अभिव्यक्तिहरूले निर्वाचनको वातावरणलाई त्रसित बनाउने र स्वस्थ प्रतिस्पर्धामा खलल पुर्‍याउने बताउँदै एक माओवादी नेताले भने, ‘निर्वाचन एक लोकतान्त्रिक प्रक्रिया हो, जसमा प्रतिस्पर्धा स्वच्छ र मर्यादित हुनुपर्छ। तर एमाले नेताको यस्तो धारणा चुनावी प्रक्रियालाई अस्थिर बनाउने प्रयास हो।’

माओवादी नेताहरूले सबै राजनीतिक दलहरूलाई संयमित भएर निर्वाचनको प्रक्रिया अगाडि बढाउन आह्वान गरेका छन्।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment