आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारकांग्रेस-एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति, अध्यक्ष ओली प्रधानमन्त्री बन्ने

कांग्रेस-एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति, अध्यक्ष ओली प्रधानमन्त्री बन्ने

by herdaherdaimedia
0 comments 6 views

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्य गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सत्ता गठबन्धनका लागि गएराति सहमति भएको हो । ओली र देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने पनि सहमति भएको छ ।

अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो ।ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएको बताइएको छ ।त्यस्तै, एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ ।

मधेश प्रदेश सरकारको नेतृत्व मधेशवादी दललाई दिने सहमति भएको बताइएको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment