काठमाडौं।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारको ध्यान संविधान संशोधन भन्दा पनि पदका लागि मात्र भएको टिप्पणी गरेका छन् ।
संविधान संशोधनमा सरकारको ध्यान भएको भए आजसम्म प्रक्रिया सुरू भइसक्ने भन्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले कांग्रेस-एमालेले जहिले पनि पदका लागि मात्र काम गरेको आरोप लगाए । संविधान बन्दा पनि उनीहरूले राष्ट्रपति र प्रधानमन्त्री पद बार्गेनिङ गर्दैमा लामो समय खर्च गरेको प्रचण्डको आरोप छ ।
बरू आफूले कुनै पद चाहिन्न र संविधान बने हुन्छ भनेपछि संविधान बनेको उनले जिकिर गरे ।