कांग्रेसले “१०० दिने विशेष अभियान” स्थगित गर्ने, बाढीपहिरो पिडितहरुलाई ५० लाख सहयोग गर्ने 

काठमाडौं।

नेपाली कांग्रेसले  आफ्नो “१०० दिने विशेष अभियान” स्थगित गर्ने र बाढीपहिरोले पिडितहरुलाई ५० लाख सहयोग गर्ने भएको छ। आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा सभापति निवास बुढानीलकण्ठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा निर्णय गरे अनुसार राष्ट्रिय विपत्तिको यस घडीमा पार्टीको १०० दिने विशेष अभियान’ को पूर्व निर्धारित कार्यक्रम कोजाग्रत पूर्णिमासम्म स्थगित गर्ने भएको छ। संकटको समयमा सबै एकढिक्का रहेर उद्धार र राहतमा समर्पित हुन सबैले तन, मन, धनले सहयोग गर्न जरुरी स्थिति दृष्टिगत गरि नेपाली कांग्रेसका संघीय सांसदहरुको १५ दिनको पारिश्रमिक समेत गरि नेपाली कांग्रेसका तर्फबाट कूल पचास लाख रुपैयाँ सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ।

त्यस्तै तीनै तहका जनप्रतिनिधि तथा चुनावमा पार्टीका तर्फबाट उम्मेदवार बन्नु भएका सबै जनप्रतिनिधिहरुलाई उद्धार र राहतमा समर्पित ढङ्गले क्रियाशील हुन समेत आग्रह गरेको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता