काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना हुँदा २४ जना घाइते

काठमाडौं।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० सारादा बतासेस्थित बीपी राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको बस बिहान करिब ८ः२० बजे अनियन्त्रित भएर सडकको नालीमा पल्टिएको थियो ।

बसमा सवार चालक र सह–चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ।बस रामेछापको धोबी, ढाडे हुँदै ओखलढुंगाको पोकलीका लागि गुडेको प्रहरीले जनाएको छ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता