राजकुमार भुजेल, दोलखा
काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको यात्रुबाहक बस बोचमा दुर्घटना हुदाँ १ दर्जनबढी घाइते भएका छन् भने ६ जना गम्भीर घाइते भएका छन्।
आज बिहान लामोसाँघु–जरी सडकखण्ड अन्तर्गत भिमेश्वर नगरपालिका – ८ बोचमा ओखलढुङगाकाे सिद्विचरण नगरपालिकाकाे गाम्नाङटारका लागि जाँदै गरेकाे प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर सडकमा दुर्घटनामा परेको दोलखाका प्रहरी निरिक्षक दाताराम अधिकारीले जानकारी दिए।
घाइतेहरुलाई उपचारका लागि च्छोरोल्पा अस्पतालमा लगिएको छ। त्यस्तै घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!