काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा: सार्वजनिक बिदा

१ असोज, काठमाडौं । आज काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व मनाइँदैछ। यो पर्व भाद्र शुक्ल चतुर्दशीका दिन मनाइन्छ र काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल लगायतका स्थानमा विशेष तयारी गरिन्छ।

आजको दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो ठड्याइन्छ। यो जात्रा आठ दिनसम्म चल्छ, जसमा विभिन्न नाचगान र देवीदेवताको पूजा अर्चना गरिन्छ।

इन्द्रजात्रा रथयात्रा र लिङ्गोको पूजा गरेर शक्ति प्राप्ति र विजयको प्रतीकको रूपमा मनाइन्छ। रातभर जाग्राम बसेर मेला भर्न भक्तजनको भिड लागेको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता