आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारकाभ्रेपलाञ्चोकमा ५५९.७ ग्राम सुनसहित दुई जना पक्राऊ 

काभ्रेपलाञ्चोकमा ५५९.७ ग्राम सुनसहित दुई जना पक्राऊ 

by herdaherdaimedia
0 comments 5 views

दोलखा ।

काभ्रेपलाञ्चोकमा ५५९.७ ग्राम सुनसहित दुई जना पक्राऊ परेका छन।

पक्राउ पर्नेमाकाभ्रेपलाञ्चोक रोशी गाउँपालिका -९ बस्ने ३७ वर्षिया कार चालक बसन्त कुमार लामा र कारमा सवार रामेछाप नगरपालिका – १ स्थायी घर भइ हाल काभ्रेपलाञ्चोक बनेपा नगरपालिका -५ घोगेचौर बस्ने २९ वर्षिया अमृत श्रेष्ठ रहेका छन्। 

आइतबार दिउँसो गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका निरीक्षक प्रशान्त तामाङको टोलीले काठमाण्डौंबाट बनेपा तर्फ आउँदै गरेको BAGMATI B AD 8601 नम्बरको निलो रंगको TUCSON कारलाई चेकजाँच गर्ने क्रममा ७१ लाख ८३ हजार ४ सय ६९ रुपैयाँ बराबरको सुन सहित उनिहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका उनिहरुले सुनलाई कारको पछाडीको सिटमुनी पत्रिकामा पोको पारी राखेर हिडेका थिए।

अहिले उनिहरु दुवैलाई पक्राउ गरी थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको प्रहरीले जनाएको छ।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment