हेर्दाहेर्दै डेक्स, दोलखा ।
अब कालिञ्चोक भगवतीको दर्शन गर्न आउने भक्तजनहरूकाे उपयुक्त व्यवस्थापनको लागि स्वास्थ्यकर्मीकाे संग्लनतामा अक्सिजन सिलिन्डर राखी आकस्मिक सेवा प्रदान गरिने भएको छ।कालिञ्चोक व्यवस्थापन समितिले बुधबार सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गर्दै उक्त निणर्य लगाएतका विविध विषयहरुको निर्णय सार्वजनिक गरेको हो ।
जिल्ला प्रशासन कार्यलयले भेटी सङ्कलनको लागि ठेक्का लगाउदा, प्राचीन सममयमा चढाइएको बहुमुल्य गरगहना, त्रिशूल, घण्टी हराएको कारण व्यवस्थापन समितिले केही रकम ऋण लिएर काडेतार, सिसि क्यामेरा जडान गर्ने निर्णय पनि गरेको छ।कालिन्चोक मन्दिर परिसर भित्र तथा आसपासका क्षेत्रमा फोहोरमैला व्यवस्थापनको लागि, मन्दिर दर्शन गर्न आउने भक्तजनहरुको भिड व्यवस्थापन गर्नको लागि मन्दिरमा दैनिक पुजा गर्नको लागि पण्डित सहित ६ जना कर्मचारी नियुक्त गर्ने भएको छ।
त्यस्तै भक्तजनको सहजताको लागी सूचना बोर्ड राख्ने लगाएतका निर्णय गरेको समितिका अध्यक्ष लामाद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!