कालिञ्चोक मन्दिर आउने पर्यटकलाई शुल्क लाग्ने 

राजकुमार भुजेल,दोलखा ।

दोलखाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक भगवती मन्दिर आउने पर्यटकलाई शुल्क लाग्ने भएको छ ।

 कालिञ्चोक गाउँपालिकाको निर्णय अनुसार आर्थिक वर्ष २०८१/०८२ को लागि कर लगाउने भएको हो।

गाउँपालिकाका अध्यक्ष अर्जुन  शिवाकोटीद्वारा हस्ताक्षरित निर्णयमा कालिञ्चोक मन्दिर आउने प्रति  बसले ५० रुपैयाँ, जिप कारले  ३० , मोटरसाइकलले ३० रुपैयाँ तिर्नुपर्ने भएको छ।

त्यस्तै प्रतिव्यक्ति ३० रुपैयाँ तिर्नुपर्ने भएको हो।

यस्तो छ निर्णय

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता