कालिञ्चोक लेप्टुङमा मोटरसाइकल दुर्घटना हुँदा एकैपरिवारका ३ जना घाईते, श्रीमतीको अवस्था गम्भीर

दोलखा।

मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।जिल्लाको कालिञ्चोक गाउँपालिका – ६  लेप्टुङमा आज बेलुका करिब ५ बजे लापिलाङबाट गौरीशंकर गाउँपालिका – ८ खारे जाने क्रममा बा.८०प३५१० नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ  सवार एकै परिवारका ३ जान घाईते भएका हुन्।

घाईते मध्ये श्रीमतीको अवस्था गम्भीर रहेको छ।घाईते हुनेहरुमा मोटरसाइकल चालक गौरीशंकर गाउँपालिका – ८ खारेका अन्दाजी ३१ वर्षीय नारायण तामाङ उनको श्रीमती अन्दाजी २९ वर्षीय सुस्मिता थामी र ३ वर्षिय छोरा फुर्वा तामाङ रहेका छन्। घाईते मध्ये श्रीमतीको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर सत्रुधन महतोले बताए।

अहिले उनिहरुको उपचार पशुपति चौलागाईं समृति अस्पताल चरिकोटमा भइरहेको प्रहरी चौकी सुनखानीले जनाएको छ। मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता