कालिन्चोकमा पुन: हिमपात सुरु

राजकुमार भुजेल,दोलखा। दोलखाको धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोकमा पुनः हिमपात पर्न सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै बुधबार बेलुका देखि पुन: हिमपात सुरु भएको हो।

यो वर्षको हिमपात गत माघ २ गते परेपछि आज बेलुका देखि हिमपात पर्न सुरु भएको त्रिपुरा रिसोर्ट कुरीका सञ्चालक चन्द्र कुमार लामाले जानाकारी दिए।मन्दिर दर्शन गर्न आउने पर्यटकहरु अहिले हिउँ परेपछि हर्षित भएका छन्। । 

त्यस्तै यहाँ भारी हिमपात हुन सक्ने अनुमान गरिएको सञ्चालक लामाले बताए। कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएपछि सदरमुकाम चरिकोट आसपासका क्षेत्रहरूमा चिसो बढेको छ।

Related posts

आज देशका केही ठाउँमा भारी वर्षाको सम्भावना

कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

देशभर मनसुनी प्रभाव, पहाडी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना