कालिन्चोक मन्दिर क्षेत्रमा पर्यटन शुल्क लिने गाउँपालिकाको निर्णय स्थगित 

दोलखा।

कालिन्चोक मन्दिर क्षेत्रमा पर्यटन शुल्क लिने कालिन्चोक गाउँपालिकाको निर्णय तत्कालका लागी स्थगित भएको छ।पालिकाले आइतबार एक सुचना सार्वजनिक गर्दै यस्तो जानाकारी गराएको हो।

स्थानीय राजस्व परामर्श समितिका संयोजक कुल बहादुर बुढाथोकीका अनुसार पर्यटन शुल्क असुल गर्ने निर्णयमा जनगुनासो आएको भन्दै हालका लागि स्थगित गरिएको हो।

अब उक्त निर्णय पुन: हिउँदे अधिवेशनमा छलफल हुनेछ ।

शनिबार “हेर्दैहेर्दै डटकम”ले “कालिञ्चोक मन्दिर आउने पर्यटकलाई शुल्क लाग्ने” शिर्षकमा समचार सम्प्रेषण गरेपछि विभिन्न आलोचना तथा टिकाटिप्पणी भइरहेको थियो।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता