काठमाडौं, साउन २० : संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी त्रुटिका लागि नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा नैतिक रूपमा जिम्मेवार ठहर भएका छन्।
संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदनमा खतिवडा र समितिका सचिव सुरजकुमार दुराको नाम किटान गर्दै राजनीतिक पदाधिकारी राजनीतिक र नैतिक रूपमा जिम्मेवार हुने उल्लेख गरिएको छ।
प्रतिवेदनमा मुख्य सचिव र अन्य कर्मचारीहरू पदीय र कानुनी रूपमा जिम्मेवार हुने उल्लेख छ, यद्यपि मुख्य सचिवको नाम भने उल्लेख गरिएको छैन।
छानबिन समितिको प्रतिवेदन सोमबार बिहान चार बजे सर्वसम्मत रूपमा पारित भएको हो।