आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारक्याप्टेन शाक्यको उद्धार गर्ने ६ जना प्रहरीलाई पुरस्कार

क्याप्टेन शाक्यको उद्धार गर्ने ६ जना प्रहरीलाई पुरस्कार

by herdaherdaimedia
0 comments 5 views

काठमाडौं। सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जोखिम मोलेर विमान चालक मनिषरत्न शाक्यलाई सकुशल उद्धार गरेको भन्दै प्रहरी प्रधान कार्यलयले डीएसपीद्वय सुकदेव खनाल र टेकबहादुर राउतसहित छ जना प्रहरीलाई अभिलेखमा जनिने गरी पुरस्कृत गरेको छ ।

डीएसपीद्वयलाई जनही नगद २२ सय रुपैयाँ र चार जना जवानलाई जनही दुई हजार नगदसहित सम्मान गरिएको हो । डीएसपी खनाल र राउतसहित प्रहरी जवानहरु श्रीराम परियार, करणसिंह चौसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई प्रहरी प्रधान कार्यलयले पुरस्कृत गरेको हो ।उनीहरु सबै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षामा तैनाथ थिए ।बुधबार बिहान ११:११ मा धावन मार्ग छोडेको केही समयमै दुर्घटना भएको थियो । त्यसपछि तत्कालै नियमित ड्युटीबाट दुर्घटनास्थल पुगेर प्रहरीले चालक शाक्यलाई दुर्घटना भएको विमानबाट चालक शाक्यलाई बाहिर निकालेका थिए ।

काठमाडौंबाट जहाज मर्मतका लागि पोखरा जाने क्रममा दुर्घटना भएकोमा सौर्य एयरलाईन्सका को-पाइलट, प्राविधिकरकर्मचारीसहित १७ नेपाली र १ जना विदेशी नागरिकको निधन भएको थियो ।उद्धार गरिएका चालक शाक्यको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment