आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारक्रिष्टिकाले जितिन ५० हजार राशीको सर्वोत्कृष्ट वक्ता पुरस्कार

क्रिष्टिकाले जितिन ५० हजार राशीको सर्वोत्कृष्ट वक्ता पुरस्कार

by herdaherdaimedia
0 comments 4 views

दोलखा ।

अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीले आयोजना गरेको राष्ट्रव्यापी खुला वक्तित्वकला प्रतियोगिताको (NATIONAL OPEN PUBLIC SPEECH COMPETITION ) को उपाधि मोडर्न नेपाल स्कुल चरीकोटमा अध्ययनरत छत्रा तथा भीमेश्वर नगर बाल सन्जालकी अध्यक्ष समेत रहेकी क्रिस्टिका खड्काले हात पारेकी छिन् । उनले मदन भण्डारी सर्वोत्कृष्ट वक्ता पुरस्कार सहित धनराशि रु ५० हजार प्राप्त गरेकी बिध्यालयका प्रध्यानाधापक बिमल शाहिले जानकारी दिए ।

त्यस्तै आशिष सापकोटाले मदन भण्डारी वक्ता पुरस्कारसहित धनराशि रु २५००० प्राप्त गरेका छन्। फाइनल चरणमा उत्कृष्ट १५ प्रतियोगीहरू बीच भएको प्रतिस्पर्धामा क्रष्टिका खड्का र आशिष सापकोटा क्रमश प्रथम र द्वितीय भएका हुन्।

अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीले आयोजना गरेको यस प्रतियोगितामा देशैभरिबाट प्राप्त १५९ वटा भिडियोमध्ये उत्कृष्ट १५ प्रतिस्पर्धीहरू फाइनल चरणमा प्रतिस्पर्धा गरेका थिए। काठमाडौँ स्थित काठमाडौँ मोडल कलेजको सेमिनार हलमा भौतिक उपस्थितिका साथ प्रतियोगिताको समापन गरिएको थियो।

नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन गर्ने आयोजकले जानकारी दिएपनि देशमा आएको संकटका कारण नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं विद्यार्थी फाँट इन्चार्ज किशोर विक्रम मल्लको प्रमुख अतिथ्यतामा कार्यक्रम समापन भयो।

मदन भण्डारीको स्मृतिमा आयोजना गरिएको यस प्रतियोगिता “म भित्रको मदन भण्डारी” भन्ने मूल नाराका साथ प्रतिस्पर्धीहरू भित्रको मदन भण्डारी प्रस्फुटन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक सौगात ढकालले बताए।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment