काठमाडौं, २७ साउन — प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। निजामती सेवा विधेयकमा देखिएका त्रुटि र कुलिङ पिरियड विवादका कारण उठेका प्रश्नपछि उनले राजीनामा दिएका हुन्।
खतिवडाले सरकारी कर्मचारीका लागि दुई वर्ष कुलिङ पिरियड लागू हुनुपर्ने अडिग विश्वास राख्दै आफूलाई दोषी नठहराइएको बताएका छन्। उनले राजीनामा दिँदै आफू कूटिल राजनीतिको सिकार भएको बताए।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!