खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौं ‌।

कञ्चनपुरको भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बजार क्षेत्रबाट लागूऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीका अनुसार भारत उत्तराखण्डको उधमसिंहनगर खटिमाका सलमान शाह र प्रभजोत सिंह खिंडालाई पक्राउ गरिएको हो ।

उनीहरुबाट ११ दशमलव ८३ ग्राम खैरो हेराइन बरामद भएको छ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता