दोलखा। दोलखाको विगु गाउँपालिकाले गणतन्त्र दिवसको शुभकामना आदान प्रदान तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । १७ औँ गणतन्त्र दिवसको अवसरमा जिल्लाभर विविध कार्यक्रमहरु भइरहँदा पालिकाले शुभकामना आदान प्रदान तथा दिप प्रज्वलन कार्यक्रम गरि मनाएको हो।
गाउँपालिका अध्यक्ष सञ्जिव ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेता, पालिकाका कर्मचारी,कार्यकर्ता , समर्थक, शुभेच्छुक तथा बुद्धिजिवी लगाएतको उपस्थिती रहेको थियो।
त्यस्तै जिल्ला समन्वय समिति दोलखाले जेठ १४ देखि १६ गते सम्म गणतन्त्र दिवस भव्यताका साथ मनाउँदैछ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!