गाैरीशंकर गाउँपालिकामा बोलेरो गाडी दुर्घटना : ६ जना घाइते

राजकुमार भुजेल,दोलखा।

दोलखाको गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। आइतबार बेलुका ५ बजे सिङ्गटीबाट झ्याकुको लागि हिडेको वागमती प्रदेश काे बा २० च ७२६६ नम्बरको बोलेरो गाडी पालिकाको वडा नं ४ झ्याकुमा दुर्घटना हुदाँ ६ जना घाइते भएका हुन्।

घाइते मध्ये पसी शेर्पा र काली शेर्पा गम्भीर घाईते भएको वडा अध्यक्ष शिवहरि खत्रीले जानकारी दिए । उहाँका अनुसार घाइतेहरुलाई उपचारका लागि एम्बुलेन्स मार्फत सिङ्गटी पठाइएको छ।

उक्त दुर्घटना बेक्र फेल भएर भएको हुनसक्ने अनुमान गरिएको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता