गोदावरी नगरपालिकाको स्थापना दिवसको अवसरमा वृहत सरसफाइ

ललितपुर । गोदावरी नगरपालिकाको ८ औ स्थापना दिवसको अवसरमा गोदावरी नगरपालका वडा नं. ३ ले आज सरसफाई गरेर स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा गोदावरी नगरपालिका वडा नं. ३ कार्यालय, डिभिजन वन कार्यलय, नेपाल प्रहरी , सामुदायिक वन समिति, विभिन्न महिला समूहहरुको उपस्थिति रहेको वडा अध्यक्ष राज घिमिरे जानकारी दिए ।

उनका अनुसार गोदावरी वसपार्क, नौधारा मन्दिर र पाँचधारासम्म बृहत सरसफाइ कार्यक्रम गरेको बताए ।

गोदावरी–३ लाई नेपालकै नमुना वडा बनाउने लक्ष्य अध्यक्ष घिमिरेले लिएका छन् ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता