गौरीशंकर गाउँपालिका वडा नं.४ झ्याकुमा प्रथम वडा अध्यक्ष कप २०८० सम्पन्न भएको छ।
नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा ११ वटा भलिबल टिम सहभागी थिए । प्रतियोगितामा वडा नं. ५ सुरि प्रथम, वडा नं. ४ झ्याकु दोस्रो र हलेश्वर माध्यमिक विद्यालय तेस्रो र झ्याकु ३ ले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ । विजेताले क्रमशः ३५ हजार ५ सय, २५ हजार, १५ हजार र १० हजार सहित सहित सिलमेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी खेलमा बेष्ट प्लेअर, बेस्ट सर्टर, बेस्ट ईस्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भेरका साथै उदयमान १ जना खेलाडीलाई नगद, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ।
हाँडीफुटाई प्रतियोगिता तर्फ भने राजन तामाङले जित हासिल गर्दै कुखुराको भाले उपहार प्राप्त गरेका छन् । त्यसैगरी नृत्य तर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई रकम सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले आफ्नो उमेरमा खेल खेल्ने इच्छा रहरमै सिमित भएकाले आफू पालिका अध्यक्ष हुँदा खेलको महत्त्व बुझेर गाउँपालिका भित्रका युवाहरुलाई जागरुक गराउनका लागि खेलकुद सम्बन्धि विशेष योजना बनाउने प्रतिवद्धता जनाएका छन् । उनले यो दशैँको अवसरमा प्रत्येक वडामा खेलकुद सम्बन्धि कार्यक्रम भैरहेको समेत जानकारी दिए।
वडा नं. ४ झ्याकुका अध्यक्ष शिवहरि खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पालिका अध्यक्ष विश्वास कार्की, वडा न. ४ झ्याकुका अध्यक्ष युग बहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका जिल्लाका नेता रामकुमार खड्का, अनेरास्ववियु क्रान्तिकारी जिल्लाको सहसंयोजक हरि खड्का, पत्रकार बलराम खड्का, गोविन्द थामी लगायत स्थानीयको उपस्तिथि रहेको थियो ।
कार्तिक १ गते बुधबार देखि सुरु भएको अध्यक्ष कप शनिवारसम्म चलेको थियो ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!