दोलखा।
गौरीशंकर गाउँपालिकामा हुने उपाध्यक्ष पदको लागि १६ जनाले उम्मेद्वारी दिएका छन्।आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म १६ जनाले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उक्त पदका लागि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, समाजवादी पार्टी लगाएत १६ जनाले उपाध्यक्ष पदको लागि मनोनयन दर्ता गराएका हुन्।
त्यस्तै जिल्ला ठुला राजनितिक दल भनिएका नेकपा माओवादी केन्द्रबाट निमलेकी शेर्पा ( डोल्मा, नेकपा एमालेबाट उमा मगर शेर्पा, नेपाली काङ्ग्रेसबाट पसादिकी तामाङलाई दर्ता गरेका छन् भने समाजवादी पार्टीबाट रबिना खड्का र रास्वपाबाट गोमा श्रेष्ठले मनोनयन दर्ता गराएका छन्।
२०७९ को निर्वाचनबाट गौरीशङ्करको उपाध्यक्ष पदमा निर्वाचित भएका कांग्रेसका श्यामसुन्दर तामाङको निधन भएपछि रिक्त रहेको उक्त पदमा मङ्सिर १६ गते निर्वाचन हुँदैछ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!