गौरीशंकरमा उपनिर्वाचन सुरु 

दोलखा।

दोलखाको गौरीशंकर गाउँपालिकामा उपनिर्वाचन सुरु भएको छ । आइतबार बिहान ७ बजेदेखि गाउँपालिकाको २१ वटा मतदान केन्द्रमा मतदान सुरु भएको हो।

गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङको २०८० साल असारमा निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो। सो पदका लागि १६ जना उम्मेवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

उक्त उपनिर्वाचनमा १५ हजार ७१८ मतदाताले मतदान गर्दैछन् ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता