राजकुमार भुजेल,दोलखा ।
नेपाली कांग्रेस र नेकपा एमालेमा पहिरो गएको छ। शनिबार नेकपा माओवादी केन्द्र गौरीशंकर गाउँपालिकाले सुरीमा गरेको स्थानिय तह उप-निर्वाचनको निमलेकी शेर्पा जिताऊ (डोल्मा) अभियानका क्रममा काङ्ग्रेस र एमालेका युवाहरु माओवादीमा एकैपटक एक दर्जनबढी पार्टीप्रवेश गरेपछि दुई पार्टीमा पहिरो गएको हो।
नवप्रवेशी युवाहरुलाई वागमती प्रदेशका पुर्व वन तथा वातावरण मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका युवा नेता विशाल खड्काले खादामाला लगाइदिएर प्रवेश गराएका थिए ।
त्यस्तै अभियान सभामा गाउँपालिकाका अध्यक्ष विस्वास कार्की,विगु गाउँपालिकाका अध्यक्ष सञ्जिव ओली लगाएत माओवादीका नेता तथा कार्यकर्ताहरुको भव्य उपस्थिती रहेको थियो।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!