गौरीशंकरमा तिज गीत प्रतियोगिता सम्पन्न, वडा नं. ३ को कर्मचारी समूह प्रथम

दोलखा, भदौं ६ – गौरीशंकर गाउँपालिकाको आयोजनामा सम्पन्न पालिका स्तरीय तिज गीत प्रतियोगितामा वडा नं. ३ को कर्मचारी समूह प्रथम भएको छ।

उपाध्यक्ष उमा लुङ्गेली मगर शेर्पाको अध्यक्षता र अध्यक्ष विश्वाश कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ११ समूह सहभागी थिए।

प्रतियोगितामा वडा नं. ५ को दिवज्योति युवा समूह द्वितीय र वडा नं. १ को एकता स्वास्थ्य आमा समूह तृतीय भएका छन्।

विजयी समूहलाई क्रमशः  रु २५,०००, रु १५,००० र रु ७,५०० नगद पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रमले तिजको सांस्कृतिक महत्व, महिला सशक्तीकरण र स्थानीय प्रतिभा प्रोत्साहनमा टेवा पुर्‍याएको आयोजकले बताएका छन्।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता