राजकुमार भुजेल,दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा सुरेल समुदायसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ। मङ्गलबार गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ सुरिमा एक कार्यक्रमका बीच अन्तरक्रिया कार्यक्रम गरिएको हो।
कार्यक्रमको उद्घाटन वागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले गरे । सो अवसरमा पालिका भित्र रहेका सुरेल जातीका समुदायसँग अन्तक्रिया गरेका हुन्। त्यस्तै कार्यक्रममा सुरेल समाजका अध्यक्ष सुवास सुरेलले सुरेल समुदायको ऐतिहाँसीक, धार्मिक, तथा सांस्कृतीक विषय वस्तु र हालको अवस्थाको बिषयमा चर्चा गरेका थिए।
त्यस्तै कार्यक्रममा वागमती प्रदेशका प्रदेश प्रमुख शर्माराष्ट्रियसभा सदस्य घनश्याम रिजाल, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी,पूर्व पत्रकार तथा लेखक मधुसूदन आचार्य,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा,गौरीशंकर गाउँपाकिका अध्यक्ष बिश्वास कार्की लगायतले मन्तब्य व्यक्त गरेका थिए भने विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!