गौरीशंकरमा ७ महिनाअघि बेपत्ता आयुषाको कंकाल खोलामा भेटियो 

दोलखा। जिल्लाको गौरीशंकर गाउँपालिकामा ७ महिना अघि बेपत्ता बालिकाको कंकाल खोलामा भेटिएको छ। गत साउन १० गते हेमावती माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा खोलाले बगाएर बेपत्ता भएकी गौरीशंकर ७ मार्बुकी १४ वर्षिय आयुषा श्रेष्ठको मानव कंकाल भेटिएको हो । 

आयुषाको कंकाल बिहिबार खोलामा आफ्नै बुबा रामकृष्ण श्रेष्ठले फेला पारेको वडा अध्यक्ष सोनाम शेर्पाले बताए। उनका अनुसार कंकाल बिहिबार फेला परेपनि मुचुल्का भने गुरम्फि प्रहरीले शुक्रबार उठाई परिवारलाई बुझाएको छ।

 त्यस्तै आयुषाको काजक्रिया भने खोलाले बगाएर नभेटिएपछि परिवारले पहिलेनै गरिसकेको बताइएको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता