आजको मिति:

२०८२ भाद्र १९ बिहीबार
Thursday, September 4, 2025
२०८२ भाद्र १९ बिहीबार

गौरीशंकर गाउँपालिकाको नवज्योती आधारभुत विद्यालय सर्वोत्कृष्ट विद्यालय घोषित

Home Bannerगौरीशंकर गाउँपालिकाको नवज्योती आधारभुत विद्यालय सर्वोत्कृष्ट विद्यालय घोषित

गौरीशंकर गाउँपालिकाको नवज्योती आधारभुत विद्यालय सर्वोत्कृष्ट विद्यालय घोषित

by herdaherdaimedia
0 comments 3 views

दोलखा । गौरीशंकर गाउँपालिका स्थित सुरीमा रहेको नवज्योती आधारभुत विद्यालय सर्वोत्कृष्ट विद्यालय घोषित भएको छ । आधारभूत शिक्षा परिक्षा २०८० मा उत्कृष्ट नतिजाको आधारमा विद्यालय सर्वोत्कृष्ट ठहरिएको हो ।

शुक्रबार गाउँपालिकाले एक कार्यक्रमकाबीच उत्कृष्ट ठहरिएका विद्यालय, विद्यार्थी र शिक्षक, प्रधानाध्यापक, विद्यालय व्वस्थापन समितीका अध्यक्ष र अभिभावकलार्ई पुरस्कार र सम्मान प्रदान गरेको छ ।

नतिजाका आधारमा जुगुमा अवस्थित निलकण्ठेश्वर मावि दोस्रो र खारेमा अवस्थित खारे मावि तेस्रो भएको छ । यस्तै, सर्वोत्कृष्ट विद्यार्थीतर्फ निलकण्ठेश्वरमा अध्ययनरत सकिल कार्की प्रथम हलेश्वर माविका विज्ञान खड्का दोस्रो र निलकण्ठेश्वर माविकै सिताराम खत्रीले तेस्रो स्थान प्राप्त गरेका छन् ।

त्यसैगरी उत्कृष्ट शिक्षकमा नेपाली विषयतर्फ सुशिला खड्का, अंग्रेजी विष्यमा तारा बहादुर थापा , सामाजिक शिक्षामा सुनिता खत्री विज्ञान तथा प्रविधि शिक्षामा कुशुम तामाङ, स्वास्थ्य तथा शारिरिक शिक्षा अन्तर्गत उद्धव खड्का र कम्प्युटरतर्फ सुवास विश्वकर्मा उत्कृष्ट शिक्षक घोषित भएका छन् ।

कार्यक्रममा १७ बुदे प्रधानाध्यापक कार्यसम्पादन सम्झौता हस्तान्तरण पनि गरिएको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment