आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार

गौरीशंकर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु,एक जना गम्भीर...

Home समाचारगौरीशंकर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु,एक जना गम्भीर घाइते

गौरीशंकर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु,एक जना गम्भीर घाइते

by herdaherdaimedia
0 comments 5 views

दोलखा। दोलखाको गौरीशंकर गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। सुरीको तिनेखुबाट सिंगटीतर्फ आउँदै गरेको ट्याक्टर स्थानीय ठुलो चौतारा भन्ने स्थानमा दुर्घटना हुँदा वडा नं ५ तिनेखुका ४३ वर्षीय अमृत तामाङ र २३ वर्षीय वुद्धिबिर तामाङको घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।‌

त्यस्तै दुर्घटनामा परी १९ वर्षीय पेम्वा तामाङ गम्भीर घाईते भएका छन् । दुर्घटनामा परि गम्भीर घाइते  भएका तामाङको अहिले सिंगटी स्थित सामुदायिक अस्पताल सिंगटीमा उपचार भईरहेको छ ।‌ ट्याक्टर सडकबाट १ सय ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment