गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घटनामा परी ३ जना घाइते

दोलखा। दोलखाको गौरीशंकर गाउँपालिकामा बोलेरो गाडी दुर्घटना हुदाँ ३ जना घाइते भएका छन्। घाइते हुनेमा  तेन्जी शेर्पा, चालक शुक्छिरी शेर्पा र रिन्जी शेर्पा रहेका छन्।

मङ्गलबार बेलुका करिब साडे ५ बजेको समयमा सिंगटीबाट मार्बुतर्फ जाँदै गरेको वागमती प्रदेश ००३-२३ च १८३३ नम्बरको बोलेरो गौरीशंकर गाउँपालिका-६ चंखुको नाक्दिङमा दुर्घटनामा परेको थियो। उनिहरुको सिङटी स्थित अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय सिगटीले जनाएको छ।

प्रहरीका अनुसार उ‌नीहरुको स्वास्थ्य अवस्था सामान्य देखिएको छ भने दुर्घटना गाडि चिप्लिए भएको हुन सक्ने अनुमान गरिएको छ।

 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता