अबिरल बस्नेत ` सुरज´
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा उपनिर्वाचनको मिति तोकिएसँगै नेकपा माओवादी केन्द्रले ‘घर गाउँ अभियान’ सुरु गरेको छ। शुक्रबार गाउँपालिका कमिटीले उपाध्यक्ष उम्मेदवार निम्लेकी शेर्पालाई स्वागत गर्दै अभियान थालेको हो ।
विहीबार पार्टी कमिटीले सर्वसम्मत रूपमा शेर्पालाई उम्मेदवार चयन गरेको थियो । उपाध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।