आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचारगौरीशंकर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गौरीशंकर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by herdaherdaimedia
0 comments 9 views

राजकुमार भुजेल,दोलखा।

जिल्लाको गौरीशंकर गाउँपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। सोमबारदेखि गाउँपालिकाको आयोजना र निलकण्ठेश्वर माध्यमिक विद्यालयको व्यवस्थापनमा छैठौं अन्तर विद्यालय स्तरीय सो प्रतियोगिता सुरु भएको हो। 

प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य गङ्गा कार्की (विश्व)ले गरेका थिए। प्रतियोगितामा ६ वटा विद्यालयहरुको सहभागीता रहेको छ । गाउँपालिकाका अध्यक्ष विस्वास कार्कीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र दोलखा संयोजक ज्योति श्रेष्ठ,वडा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका नेता, बुद्धिजीवी, शिक्षक, अभिभावक, विद्यार्थी लगाएतको उपस्थिती रहेको थियो । 

प्रतियोगिता बुधबारसम्म निलकण्ठेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा चल्नेछ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment