आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home शिक्षागौरीशङ्कर बहुमुखी क्याम्पस दोलखाको ४३ औँ वार्षिक उत्सव सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पस दोलखाको ४३ औँ वार्षिक उत्सव सम्पन्न

by herdaherdaimedia
0 comments 4 views

दोलखा। जिल्लाको सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको ४३ औँ बार्षिक उत्सव सम्पन्न भएको छ। ‌‌बिहिबार क्याम्पसको प्राङगणमा एक भब्य कार्यक्रमका बिच सम्पन्न भएको हो।

उत्सवको उद्घाटन सरकारका पूर्वमन्त्री तथा नेकपा एमाले पार्टीका पोलिटब्युरो सदस्य पार्वत गुरुङले गरेका थिए । सो अवसरमा क्याम्पस प्रमुख शान्त केसीले क्याम्पसको प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा क्याम्पसले विभिन्न छात्रवृत्ति र दिवसको अवसरमा आयोजना गरिएको अतिरिक्त क्रियाकलापको पनि पुरस्कार वितरण गरेको थियो।

त्यस्तै क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुर्वमन्त्री गुरुङ, भिमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेत,मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर,नेकपा एकीकृत समाजवादी दोलखाका अध्यक्ष भीम प्रसाद दहाल,राप्रपा नेपालका अध्यक्ष नवराज श्रेष्ठ,क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष राजेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रक दोलखाका प्रवक्ता पुुष्कर अधिकारी लगायतले शुभकामना मनतव्य व्यक्त गरेका थिए भने विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता बुद्धिजिवी, शिक्षक, पत्रकार, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment