काठमाडौं । काठमाडौं महानगरपालिका – २९ गौशाला बिजय चोक स्थित सिराहा धनुषा गेस्ट हाउमा प्रमिला दराईको हत्याको आरोपमा एक जना पुरुषलाई पक्राउ गरेको छ।
शनिबार गेष्टहाउसमा दराईको हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी बृत गौशालाको संयुक्त टोलिले दोलखा घर भएका एक ब्यक्तिलाई पक्राउ गरेको काठमाडौंको प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।
पक्राउ परेका व्यक्तिको परिचय भने गोप्य राखिएको छ।उक्त गेस्ट हाउसमा सिन्धुलि ठेगाना भएका सन्दीप लामा नाम टिपाएर सो गेस्ट हाउसमा शुक्रबार देखि बस्दै आएको पाइएको छ।महिलाको हत्या पछि ती पुरुष होटलको ढोका बन्द गरि चाबी लगाएर फरार भएका थिए ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!