घट्यो दशैँको मुखैमा पेट्रोलियम पदार्थको मूल्य 

काठमाडौं।

नेपाल आयल निगमले दशैंको मुखैमा इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटेको हो ।

मंगलबार बिहानदेखि लागु हुने गरी निगमले पेट्रोलमा १ रुपैयाँ, डिजेलमा २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टितेलमा दुई रुपैयाँ घटाइएको जनाएको छ ।

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकोमा चाडपर्वलाई लक्षित गरी यथावत् राखिएको निगमले जनाएको छ । 

 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता