दोलखा, साउन १८
दोलखाको मेलुङ गाउँपालिका–२, कलकलेमा एक पुरुषको आफ्नै घरको आँगनमा चिप्लिएर लड्दा मृत्यु भएको छ। करिब ४२ वर्षीय आशिष कुमार कार्कीको उपचारका क्रममा शनिबार ज्यान गएको हो।
प्राप्त जानकारीअनुसार, कार्की शुक्रबार बेलुका आफ्नै घरको पिढीँबाट आँगनमा चिप्लिएर लडेका थिए। घटनापछि उनलाई तत्काल घरमै स्वास्थ्य चौकीका डाक्टर बोलाएर प्रारम्भिक उपचार गरिएको थियो।
तर अवस्था गम्भीर बन्दै गएपछि उनलाई शनिबार बिहान चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पताल ल्याइएको थियो। अस्पताल पुर्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय दोलखाले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।