काठमाडौं, साउन १६ – विगतमा आपराधिक गतिविधिमा संलग्न भएको आरोप लागेका चक्रे मिलन (मिलन गुरुङ) को समूहबाट प्रहरीले खुकुरी र रड बरामद गरेको छ।
बुधबार राति काठमाडौंको बाँसबारीस्थित होटल साम्बालामा चक्रे मिलनसहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकाहरुको गाडीबाट दुई थान खुकुरी र केही रड फेला परेको छ।
चक्रे मिलनलाई लावालस्करसहित स्कर्टिङ गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले निगरानी बढाएको थियो। त्यसपछि अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भद्रकालीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
हाल सबैलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।